पाँच सय र हजारका नोटमाथि प्रतिबन्द लगाउन जरुरी छः कमला

राष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छिन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले यस्तो माग गरेकी हुन्।

उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताइन्। सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै उनले सरकारले गर्न सक्ने काम मात्रै उल्लेख गर्न आग्रह गरिन्।

उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन्। सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्ने कुराको खोजी गर्न आवश्यक रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation