मेयर बालेनद्वारा ५ दिने चीन भ्रमण रद्द

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्।

चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि बिहीबार दिउँसो उनी बेइजिङ उड्ने कार्यतालिका तय भएको थियो।

 

तर, चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइएकाे भन्दै उनले चीन भ्रमण रद्द गरेको बताएका छन्।

‘हामी नेपालले  ०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ। नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको पाँचदिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation