आजदेखि पश्चिमा नयाँ वर्ष सन् २०२५ आरम्भ!

ग्रेगोरियन पात्रोअनुसार बुधबार नयाँ वर्ष इस्वी संवत्  २०२५ शुरु भएको छ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् शुरु भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा रहेको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन संवत् भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन्।

नेपालमा सरकारी प्रयोजनका लागि विक्रम संवतअनुसारको पात्रो प्रचलनमा छ। साँस्कृतिक तथा धार्मिक कार्यका लागि चान्द्रमानअनुसारका पात्रो चलेका छन्। अन्तराष्ट्रिय सम्बन्धका लागि इशवी संवत् पनि प्रयोग हुने गरेको छ।

नेपालमा केही वर्षअघिदेखि इस्वी संवत् मनाउन गरिएको छ विदेशी पर्यटकको जमघट हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ मनाइन्छ। मंगलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation