देउखुरी बहुमुखी क्याम्पसमा स्वतन्त्र प्यानल विजयी

६ चैत, दाङ

दाङको लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीकाे प्यानल निर्वाचित भएको छ ।

अखिल संयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र प्यानलका तर्फबाट सभापतिमा उम्मेदवारी दिएका मिलन चाैधरी १८९ मतान्तरले निर्वाचित भएका हुन् । उनले ४४६ मत प्राप्त गरे । उनकाे प्यानलका सबै उम्मेदवार निर्वाचित भएका हुन ।

अखिल संयुक्तका शम्भु जिसीले २५७ मत प्राप्त गरे । शम्भुलाई अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी पार्टीकाे अनेरास्ववियुकाे समर्थन थियाे ।

नेविसंघका राजन भुसालले २४२ मत प्राप्त गरे ।

सचिवमा अनुकुमारी यादव ३९९, काेषाध्यक्षमा आयुष्मा चाैधरी ३६९, सदस्यमा लक्ष्मीकुमारी यादव ३८९, सरिता पुन ४०८, सुदिप चाैधरी ३९९, आशिका चाैधरी ४०५, अनिलनाथ याेगी ४००, कामना चाैधरी ३९३, प्रविन चाैधरी ३८० मत प्राप्तगरि निर्वाचित भएकाे निर्वाचन मण्डलका प्रवक्ता भेषराज पाेख्रेलले जानकारी दिए ।

मिलन चाैधरी र उनकाे प्यानलाइ यस अघि नागरिक उन्मुक्तिबाट राजिनामा दिएर स्वतन्त्र बसेका सुरेन्द्र चाैधरी लगायतले समर्थन थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation