२१ भदौ, काठमाडौँ
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले एक बालिकालाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन्। दुर्घटनापछि स्थानीयले सडकमा अवरोध पुर्याएका हुन्।
हरिसिद्धि सडकको उकालोमा बालिकालाई गाडीले ठक्कर दिएको हो। बालकलाई उपचारका लागि बीएण्ड बी अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
यसकारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ। बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला शुरु भएको छ।
यसबीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाएको जानकारी दिँदै दुर्घटना भवितव्य भएको बताए। उनले महाधिवेशन भाँड्ने गरी कसैले पनि राजनीति नगर्न चेतावनी दिए।
















