मृतक पहिचान गरिदिन प्रहरिको आग्रह !

२ असोज, दाङ

मानव कल्याण सेवा समाज घोराही नारायणपुर दाङमा मृत्यू भएको पुरुषको पहिचानको लागि आवश्यक सहयोग गरीदिन जिल्ला प्रहरी कार्यालय दाङले आग्रह गरेको छ ।

दाङको घोराही उप-महानगरपालिका वडा नं. १० झारबैरामा रहेको मानव कल्याण समाज सेवा घरमा बस्दै आईरहेका वास्तविक नामथर र ठेगाना नखुलेका आफ्नो नाम भुपेन्द्र खत्री र घोराही उप-महानगरपालिका वडा नं. १२ हापुर ठेगाना बताउने अन्दाजी ५०/५२ वर्षका एक पुरुषको मृत्यु भएको हुँदा उनको पहिचानकालागि सहयोग गर्दिन दाङ प्रहरिले अनुरोध गरेको छ ।

उनको २०८२।०५।१७ गते साँझ चक्कर लागी पलटिएर मृत्यू भएको थियो । मृतको लाशजाँच मुचुल्का उठाइ प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतक लाशलाई घोराही स्थित  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखीएको जिल्ला प्रहरी कार्यालय दाङमा सूचना अधिकारी प्रहरी नयव उपरीक्षक चक्र बहादुर शाहले बताए ।

मृतकको पहिचानको लागि हालसम्म कोहि आफन्त सम्पर्कमा नआएको प्रहरिले जनाएको छ । सनाखत हुन नसकेकोले निम्न बमोजिम फोटो सहितको विवरण भएको मृतकलाई कोही कसैले चिनेमा जिल्ला प्रहरी कार्यालय घोराही दाङको सम्पर्क नम्वर ९८५७८९०१८७/९८५७८९०१०१ मा सम्पर्क गरिदिन दाङ प्रहरिले अनुरोध गरेको छ ।

हेर्नुहोस सूचना-

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation