कल्पनाले दिईन छोराको जन्मदिनमा १५ लाखको बिमा पोलिसी उपहार

२३ असोज, रुपन्देही

रुपन्देही जिल्लाको सैनामैना-०१ रानीबगिया नमुना पथ निवासी समाजसेवी तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कि एजेन्सी म्यानेजर श्रीमती कल्पना घिमिरे पोखरेलले आफ्नो छोराको १४ औं वसन्त पार गरेको शुभ अवसरमा १५ लाखको जीवन बीमा पोलिसी उपहार दिएकी छन्।

आजको सानो बचत ले बुढेशकालमा साहारा पाइने र जति बेला पनि दु:ख पर्दा काम लाग्ने भएकोले यो जीवन बिमा गर्न लागेको घिमिरेले बताईन् । उनले आफ्नो छोरालाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मुर्गिया शाखा कार्यालयमा बाट उक्त पोलिसी उपहार दिएकी हुन् ।

जो कोहीलाई जति बेला पनि आर्थिक संकट पर्नसक्ने हुँदा जीवन बिमाले त्यो संकटको क्षतिपूर्तिको ग्यारेन्टी दिने भएकोले सबैलाई समयमै जीवन बिमा गरि ढुक्क हुन सल्लाह दिएको प्रभु महालक्ष्मी लाईफ मुर्गिया शाखाका कर्मचारी निश्चल बस्नेत ले बताए।

अनाबश्यक तडक भडक ,देखासिखी र फजुल खर्चले समाजमा नकारात्मक संदेश दिइरहेको परिपेक्ष्यमा जन्मदिन मनाउने पश्चिमी शैली को कारण हाम्रो मौलिक संस्कृतिक हराउदै गैरहेको हुँदा समाज लाई सकारात्मक सन्देश दिनकालागि र परिवारको आर्थिक सुरक्षाको लागि यो जीवन बिमा योजना खरिद गर्न सल्लाह दिएकोमा मुर्गिया शाखा परिवारलाई घिमिरेले विशेष धन्यवाद दिईन। आजको सानोसानो रकमलाई सदुपयोग गरि भबिष्यमा आइपर्न सक्ने आर्थिक सुरक्षाको साथै बचत पनि हुने भएकोले आज मात्रै नभई भोलिको दिनमा पनि जीवन बिमाको ठुलो महत्व रहने भएकोले आफ्नो छोरालाई जीवन बिमा पोलिसी उपहार दिएको घिमिरेले बताईन। आफुले खोजेको र रोजेको बिमा योजना प्रभु महालक्ष्मी लाईफमा रहेकोले ढुक्क भएर जीवन बिमा गर्न घिमिरे परिवारले सम्बन्धित सबैलाई सल्लाह दिए। यो बिमा पोलिसी बाट भविष्यमा प्राप्त हुने रकम ले आफ्नो छोरोको उच्च शिक्षा हासिल गराउने उद्धेश्य रहेको पनि उनले बताईन् ।

नगद र जिन्सी सामान उपहार दिनुभन्दा जीवन बीमालेख उपहार दिदा बचत गर्ने बानीको विकास हुनुको साथै आफु र आफ्नो परिवारको आर्थिक सुरक्षा सुनिश्चत हुने कुरामा ढुक्क हुने भएकोले समयमै आफु र आफ्नो परिवारको जीवन बिमा गर्न मुर्गिया शाखा प्रमुख ऋषिराम चुदालीले सल्लाह दिएको घिमिरे परिवारले बताए । जीवन बीमा गर्दा भविष्यमा आउन सक्ने आर्थिक सुरक्षा र स्वतन्त्रताको सुनिश्चितता हुने भएकोले जीवन बिमा गर्नु उत्तम भएको र बिमाले धनि बनाउन नसकेतापनि परिवारलाई गरिब हुन भने दिदैंन र परेको बेलामा आर्थिक सुरक्षाको ग्यारेन्टी दिने भएकोले धनि र गरिब सबै वर्गका मानिसलाई बिमाको दायरामा अनिबार्य रुपमा आउनुहुन र बिमा बाध्यता नभई अनिवार्य आबश्यकता रहेको कुरा मुर्गिया शाखा प्रमुखले सम्बन्धित सबैलाई सल्लाह दिए । किनकि जीवन बिमा गर्नु भनेको मृत्यु लाई मात्रै सम्झनु होइन आफु र आफ्नो परिवारको जीवनलाई थप सशक्त बनाउनु पनि हो।

मुर्गिया शाखाका शाखा प्रमुख श्री ऋषिराम चुदाली र कर्मचारी निश्चल बस्नेतको उपस्थितिमा सो बिमा पोलिसी कल्पना घिमिरेले आफ्नो छोरा श्री दिप्सन घिमिरेलाई जन्मदिनको उपहार स्वरुप दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation