विधिकै माध्यमबाट नयाँ नेतृत्व चुनेका छौं : विश्वप्रकाश शर्मा

१ माघ, काठमाडौं

विशेष महाधिवेशनको हलबाट नेपाली कांग्रेसको उपसभापति चुनिएका विश्वप्रकाश शर्माले विधिको माध्यमबाटै मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् ।

उपसभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश संविधानले चल्ने र पार्टी विधानले चल्ने बताउँदै संविधान र विधान नचल्दा देश र पार्टी दुवैमा बेथिति हुने बताए ।

‘विमतिको बिचबाट तर विधिको माध्यमबाट हामी यो मध्यरातपछि नयाँ नेतृत्व चुनिरहेका छौं,’ शर्माले भने, ‘देश संविधानले चल्छ, देशले संविधानको बाटो छाड्यो भने बेथितिमा पुग्छ । पार्टीले विधानको बाटो छाड्यो भने पार्टी पनि अप्ठेरोमा पर्छ ।’

उनले यो अधिवेशन विधिबाटै टुंगिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation