४१ दलले ल्याए चुनावी घोषणापत्र !

८ फागुन, काठमाडौं

२१ फागुनको निर्वाचनका लागि बिभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् ।

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म ४१ वटा राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरी त्यसको जानकारी निर्वाचन आयोगमा गराएका हुन् ।

प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने दलको संख्या ६७ छ । समानुपातिक तर्फ भने ६३ दलका उम्मेदवार रहेका छन् । यसमध्ये ४१ वटा राजनीतिक दलहरुले घोषणापत्र ल्याएका हुन् ।

निर्वाचन आयोगले यही फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन समेत दिएको थियो । तर, अझै पनि कैयन दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेस गरेका छैनन् ।

आयोगका अनुसार निर्वाचनको घोषणापत्रप्रति राजनीतिक दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जवपाफदेही बनाउने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्न भनिएको हो ।

यससम्बन्धी व्यवस्था निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ मा पनि छ । आचारसंहिताको व्यवस्था बमोजिम निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूलाई घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न भनिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation