पुर्खाहरुको संस्कार झल्काउने बिसाउना पोइन्ट

पार्वती न्यौपाने, घोराही

परम्परागत माैलिक कला र संस्कृतिकाे झल्काे दिने गरि सहिद नेत्रलाल अभागी चाेककाे दक्षिण पुर्वकाे काठेकाेहाेल नजिकै संचालित बिसाैना रेस्ट्राेले ग्राहक वर्गमा नयाँ हलचल पैदा गरेकाे छ । नेपाली माैलिक पहिचान झल्कने खानपानका स्वादहरु र अाकर्षक संरचनाले समस्त ग्राहकहरुकाे ध्यान खिच्न सफल भएको हाे । घाेराही

निवासी तिन युवा शिरकुमारी बुढामगर, रमेश बुढा र निरज गिरीले झण्डै २ वर्ष लगाएर निर्माण गरिएको साे रेस्ट्राेमा एक कराेड ४ लाखकाे लगानीमा भइसकेको संचालक निरज गिरीले प्राणमञचसँगकाे कुराकानीमा बताए । बाल्यकाल देखिनै सँगै अध्ययन गरेका युवाहरुले स्वदेशमै केहि नयाँ काम गर्नुपर्ने अठाेटका साथ नयाँ प्रकारको संरचनामा सेवा दिने गरि हाेटल संचालनमा ल्याइएकाे रमेश बुढाले बताए । 

नेपाली भान्छाघरमा  अर्गानिक खानपिन अाटाे, ढिडाे, काेदाे फापरकाे राेटि लगायतका माैलिक परिकारकाे सेवा दिइएको छ ।  ´मानव स्वास्थमा नकारात्मक असर पार्ने अनावश्यक रंगिविरङगी खानाकाे बदलामा हाम्रो माैलिक प्रयासलाई ग्राहक महानुभावहरुले असाध्यै रुचि राखेर अाइरहनुभएको छ, साँघुरो ठाउँबाट पनि ग्राहक वर्गलाई  सकेसम्म स्तरीय सेवा प्रदान गर्ने काेसिस गरिरहेका छाैँ तर ग्राहकहरुकाे चाँपले गर्दा कैयौं खाना/ नास्ता नखाइकन फर्कनुभएकाे छ । यस मानेमा हामी दुखी छाैँ, अबकाे केही दिनमै सेवा प्रवाहलाई सबै ग्राहक कहाँ पुग्नेगरि स्तरिकरण गरिरहेका पनि छाैँ ।` निरज  गिरीले भने ।


´प्राचीन समयमा  हाम्रो जिजुबाजेहरुकाे बासस्थान कस्ता माेडेलका हुन्थे त भन्ने कुरालाई संरचनाकाे बिम्बमार्फत झल्काउने काेसिस गरेका छाैँ  ग्राहक, शुभचिन्तक एवं शुभेच्छाहरुले थप हाैसला प्रदान गररिहेकाेले हामी पनि हर्षित छाै ` । रमेश बुढाले थपे ।

मधेसमा रहने फपेटाकाे घरप्राकृतिक फाउन्टेन, खर(फुस) का छानाले सजिसजाउ टहरा(घर),  काठैकाठकाे माैलिक गेट अादिले त्यहाँ पुग्ने हर कसैकाे मन लाेभ्याउने गरेकाे छ । संचालकहरुका अनुसार अाजभाेली दैनिक ५ सयकाे हाराहारीमा सेवाग्राही अाउने गरेका छन् । हालसम्म १ कराेड ४ लाखकाे अार्थिक लगानी गरिएको छ । 

परम्परागत माेडेलमा खरले छाएकाे मिनि सभाहल, नेपाली भान्छाघर, प्राकृतिक झरना, माटै माटाेले बारेकाे फपेटाेले छाएको घर, माैलिकता नै झल्काउने कुर्सी- टेबुल र चकटी/ माेडाहरु, काठैकाठकाे प्रवेश द्वार अादिले त्यहाँ पुग्ने जाेकाेहि ग्राहकहरुलाई व्यस्त, रंगिचंगी र कपटपूर्ण बजारलाई बिर्साएर परम्परागत गाउँघरकाे याद दिलाउन सफल भएको  राेल्पा निवासी सेवाग्राही अमर घर्तीले बताए ।

उनले अाधुनिक खानपिनकाे नाममा बजारमा अनावश्यक मरमसाला र विषादीजन्य मिसावटकाे बिगबिगी भएको अवस्थामा बिसाउना रेस्ट्राेले त्यसकाे क्रमभङग गर्दै मानस्पटलमा हाम्रो महत्त्वपूर्ण माैलिक कला,सँस्कृति र खानपिनलाई जिवित राख्न गरिएको प्रयासले अाफु प्रफुल्लित भएको बताए ।

 बाल्यकाल देखिका मिल्ने साथीहरूले बाल्यकाल मै केहि नयाँ काम गर्नुपर्छ भन्ने याेजना बनाएको तर कैयौं साथीहर हाल युरोप अमेरिका भएपनि अापसि समझदारीमा पुरानै याेजना मुताबिक काम भइरहेको  निरज गिरीले बताए । उनका अनुसार अागाेमै पकाउने नेपाली खानाकाे सबै परिकारहरु अबका केहि दिनबाटै सुरुवात गरिने भने उक्त हाटलले २० जनालाई प्रत्यक्ष राेजगारी समेत प्रदान गर्न सफल भएको छ ।

ReplyForward

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation