छाेराद्वारा चिर्पट प्रहार गरि बुबाको हत्या

प्युठान नौबहिनी ४ खबाङकाे खप्रेटा भन्ने ठाउँमा अाफ्नै बुबालाई छाेराले चिर्पट प्रहार गरेर हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बाहानेका अनुसार मृतक ८६ बर्षिय जङ्ग बहादुर सुनार हुन् । इलाका प्रहरी बाहानेका प्रमुखका प्रमुख भानुभक्त अर्यालका अनुसार बुबा- छाेराकाे बारम्बार झगडा र कुटपिट भइरहने कारणले घटना हत्या सम्ममा पुगेको हुनसक्ने अासंकामा अन्दाजी ३७ वर्षीय तुलबहादुर सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । घटना बेलुकी ४: ४५ मा भएको र शंकास्पद व्यक्तिले मदिरा सेवन गरेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation