त्रिकोणात्मक टी-२० शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड भिड्दै

१९ फागुन, काठमाडौँ

काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।

नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल आज बदला लिने योजनामा हुनेछ ।  नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

यसअघि हिजोको खेलमा करण केसीको उत्कृष्ट बलिङमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटिएको थियो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए ।  यो जितसँगै दुई अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको हो ।

नामिबियाको यो हारपछि पनि अङ्तालिकामा भने समान दुई अङ्क नै छ । नेदरल्यान्डसको दुई खेलमा चार अङक रहेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation