पौडि खेल्ने क्रममा झिमरुक नदीमा डुबेर एक बालकको मृत्यू भएको छ । प्यूठानको झिमरुक गाउँपालिका ५ ढाडमा झिमरुक गाउँपालिका ८ निवासी ११ वर्षका रञ्जित थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख एवं प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिएका छन् । थापाका अनुसार मामा घर बस्न गएका बालक झिमरुक नदीमा पौडि खेल्न पसेको र उनको घटना स्थलमै ज्यान गएको हो । शवलाई पोस्ट मार्टमका लागि जिल्ला अस्पताल विजुवार पठाइएको प्रहरीले जनाएको छ ।
बिपी राजमार्गमा दुर्घटनामा,पाँचको मृत्यु, २५ घाइते
त्यस्तै काभ्रेको रोशी गाउँपालिका– ११ स्थित बिपी राजमार्गमा पर्यटक बोकेको भारतीय फोर्स गाडी र टाटासुमो ठोक्किँदा एकजना बालकसहित पाँचजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार ना।१ज ४२१० नम्बारको टाटासुमो सिन्धुलीबाट काठमाडौ आउँदै गरेको र युपी ५८ टी ८१८१ नम्बरको भारतीय फोर्स काठमाडौंबाट सिन्धुलीतर्फ जाने क्रममा रोशी– ११ बढुबेँसीमा दुर्घटना भएको हो ।
सोही दुर्घटनामा २५ जना भन्दा बढी घाइते भएको खतिवडाले बताए । मृत्यु हुनेमा एक अन्दजी ६ वर्षीय बालकसहित आमाको पनि मृत्यु भएको उनले बताए । मृत्यु हुने पाँचैजना नेपाली रहेको सूचना अधिकारी खतिवडाले बताए । घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । दुवै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धन भइरहेको खतिवडाले बताए ।