गाजा क्षेत्रमा इजराइली आक्रमण : ३२ हजार दुई सय प्यालेस्टिनीको मृत्यु

पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिनुका साथै १०४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै मृत्यु हुनेको सङ्ख्या ३२ हजार २२६ पुगेको मन्त्रालयले विज्ञप्तिमा जनाइएको छ।  घाइतेको संख्या ७४ हजार ५१८ पुगेको छ।

स्थानीय घाइते र प्रत्यक्षदर्शीका अनुसार इजराइली सेनाले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रका विभिन्न स्थानमा हवाइ र जमिन आक्रमण गरेको थियो।

‘मध्य गाजा क्षेत्रको देर अल–बालाह सहरमा एउटा घरलाई लक्षित गरी गरिएको आक्रमणमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन्’, स्रोतले भनेको छ, ‘घाइतेलाई अल–अक्सा अस्पतालमा सारिएको छ, इजराइली तोपखानाले गाजा क्षेत्रको दक्षिणमा रहेको ‘खान युनिस शहरको’ दक्षिणपूर्वी क्षेत्रहरूमा पनि बमबारी गरेको छ र धेरै मानिस घाइते भएका छन्।’

शिफा कम्प्लेक्समा चलिरहेको लडाइँमा २१ वर्षीय सैनिकको मृत्यु भएको इजराइली सेनाले विज्ञप्तिमा जनाएको छ। गाजामा भूमिगत अपरेसनमा मर्ने इजराइली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation