इजरायली हवाई आक्रमणमा ४२ जनाको मृत्यु

 

१७ चैत, दमास्कस

उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २:४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ।

बेलायतमा रहेको अनुगमन संस्थाले हिजबुल्लाहको हतियार भण्डारलाई निशाना बनाएर गरिएको यस हमलामा हिजबुल्लाह लडाकुका साथै धेरै सिरियाली सैनिक मारिएको बताएको छ।

आक्रमणको केही घण्टापछि इजरायली सेनाले लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका वरिष्ठ नेता अली अबेद अख्सान नइम मारिएको बताएको थियो।

इजरायली सेनाका अनुसार उनी हिजबुल्लाहको क्षेप्यास्त्र र रकेट इकाईका उपकमाण्डर थिए र इजरायली नागरिकहरूमाथि हमला गर्ने योजना बनाउने र अभियान सञ्चालन गर्न जिम्मेवार थिए।इजरायलको दाबीमा हिजबुल्लाहको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

हमासबाहेक सिरिया, इरान र हिजबुल्लाह सबै इजरायलको अस्तित्वको विरोध गर्छन्। अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायल र हिजबुल्लाहबिच एक अर्कामाथि आक्रमण बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation