दोस्रो खेलमा पनि नेपाल ए आयरल्याण्ड ए सँग पराजित

आयरल्याण्ड ए सँगको दोस्रो टी-२० अभ्यास खेलमा पनि नेपाल ए पराजित भएको छ ।

आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रन बनाउँदा अलआउट भयो ।

नेपाल ए का देव खनालले  २५ बलमा ४७ रन, विनोद भण्डारीले १३ बलमा २६ रन र लोकेश बमले १३ बलमा २५ रन र बसिर अहमदले २३ बलमा २७ रन बनाए पनि अरु ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पावरप्ले अघि ८७ रन बनाएर उत्कृष्ट सुरुवात गरेको नेपाल ए का मध्यक्रम र पछिल्लो क्रमका ब्याटरले रन जोड्न नसक्दा दोस्रो हार व्यहोर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation