६ जनाको ज्यान गएको प्युठान जिप दुर्घटनाका फरार चालक पक्राउ

६ जनाको ज्यान जाने गरी भएको स्कारिपो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका–३ निवासी २७ वर्षीय सरोज घले रहेका छन् ।

२०७३ साल चैत ११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका वडा-३ रुमाले भन्ने स्थानमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना भएको थियो । दुर्घटनामा दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको थियो ।

घले भने सवारी ज्यान मुद्दामा फरार रहेका थिए । उनको खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट पक्राउ गर्न सफल भएको हो ।

घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation