भारतमा जारी एसएमएस फ्रेन्डशिप कपअन्तर्गत लिगको चौथो खेल तथा आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ।
गुजरातको वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाउँदै १७३ रनमात्र बनाएपछि ८ रनबाट हार्न पुग्यो।
नेपालले लगातार तीन खेलमा तीनै जितसहित ६ अंक जोडेर अंक तालिकाको शीर्षमा रहँदै फाइनलमा स्थान बनाएको हो।
गुजरातका लागि सर्वाधिक रन उमंग तान्डेलले बनाए। उनल २४ बलमा ४७ हाने। गुजरातको शुरुवाती ब्याटिङ भने सुखद रहेन।
गुजरातका ओपनर रुद्रा ८ बलमा ८ रन बनाएर सोमपाल कामीको बलमा क्याप्टेन रोहित पौडेलबाट क्याच हुँदा कुल स्कोर ११ रन थियो।
अर्का ओपनर आर्या देसाई पनि छिटै पवेलियन फर्किएपछि गुजरात दबाबमा परेको थियो। स्मित पटेलले आउट हुनुअघि १४ बलमा १९ रन बनाए।
१२ औँ ओभरमा ८१ रन कुल स्कोर हुँदा गुजरातको चौथो विकेट खसेको थियो। यतिवेला अभिषेक देसाई २० रन बनाएर क्याच आउट भए।
प्रियेश पटेलले १० बलमा १७ रन बनाएर कुशल मल्लको बलमा क्याच आउट भए। उमंग र प्रियेशले पाँचौँ विकेटका लागि गतिलो साझेदारी गरे।
२३ बलमा ४७ रन बनाएका गुजरातका कप्तान उमंग टि लाई सोमपाल कामीको हातबाट कुशल मल्लले क्याच आउट गराउँदै गुजरातको छैटौँ विकेट खसाले।
गुजरातका लागि ५ बलमा ५ रन बनाएर खेलिरहेका जयमित पटेललाई सातौँ विकेटका रुपमा सोमपाल कामीले आउट गरे।
हर्ष देसाईले अविजित रहँदै १६ बलमा २९ रन बनाए भने ध्रुशान्त सोनी ६ बलमा ९ रन बनाउँदै अविजित रहे।
गुलशन झाले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिए। कुशल मल्लले २ विकेट र विवेक यादवले १ विकेट लिए। नेपालले
पहिले ब्याटिङ गरेको नेपालले गुजरातलाई जितका लागि १८२ रनको लक्ष्य दिएको थियो।
गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनायो।
नेपालका लागि ओपनर ब्याट्सम्यान द्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गर्दै नेपाललाई सुदृढ शुरुवात दिलाए पनि मध्यक्रमका ब्याटरले त्यसको फाइदा उठाएर स्कोर २०० रन पार गर्न सकेनन्।
भुर्तेल ४४ बलमा ६७ रन बनाएर आउट भए। शेख ५१ बलमा ८५ रन बनाएर क्याच आउट भए। उनी नेपालको स्कोर बढाउन छक्का हान्ने प्रयासमा क्याच आउट भए।
कप्तान रोहित पौडेलले आज दोहोरो अंकमा रन बनाउन सकेनन्। उनी ७ बलको सामना गरेर ३ रनमा आउट भए।
त्यसपछि क्रिजमा आएका कुशल मल्ल पनि १ बलमा १ रन बनाउँदै दोस्रो बललाई थर्डम्यानमा क्याच थमाएर आउट भए।
पाँचौँ विकेटका रुपमा सन्दीप जोरा २ बलमा २ रन बनाएर बोल्ड भए।
गुलशन झा बलमा २ रन बनाएर नेपालको कुल स्कोर १७७ रन हुँदा अन्तिम ओभरमा आउट भए।
गुलशन आउट भएलगत्तैको बलमा नेपालको सातौँ विकेटका रुपमा अनिल साह क्याच हुँदै डक आउट भए।
प्रतिश जिसी ३ बलमा ४ रन बनाएर अविजित रहे भने विवेक यादव ५ बलमा ७ रन बनाएर अविजित रहे।
नेपालले अतिरिक्त ८ रन पाएको थियो।
गुजरातका लागि ३ विकेट‚ आर्या देसाई र ध्रुशान्त सोनीले २/२ विकेट लिए।
नेपालले आजको खेलमा करण केसी र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिएर विवेक यादव र प्रतिश जिसीलाई मैदानमा उतारेको थियो।
नेपालले यसअघि खेलेका दुवै खेल जितेर ४ अंक जोड्दै शीर्षमा रहेको छ भने गुजरातले एउटा खेलमा जित र एउटामा हारसहित २ अंक जोडेको छ। बरोडाले खेलेका दुवै खेल हारेर अंकविहीन रहेको छ।
भोलि गुजरात र बरोडाबीच खेल हुनेछ।