लुम्बिनीका मुख्यमन्त्री महराले आज शपथग्रहण गर्ने

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने २ बजे शपथ लिने तयारी छ।  नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महराले एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महराले मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

महराले सत्ता साझेदारबाट एक–एक जना समेटेर आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्। साझेदार दलहरुले भने सरकारमा कसलाई पठाउने भन्ने निर्णय गरिसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation