Pranmancha

Advertisment

SKIP THIS

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

विश्वका सबैभन्दा बढी प्रदूषित शहरमा काठमाडौं तीन नम्बरमा परेको छ।
विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो  प्नदूषित शहरमा पुगेको थियो।

यसअघि पनि काठमाडौं विश्वको प्रदूषित शहरको पहिलो सूचीमा पुगेको थियो। यतिखेर विश्वकै प्रदूषित शहरको पहिलो भारतको नयाँदिल्ली रहेको छ भने दोस्रो थाइलाइन्ड रहेको छ।  चौथोमा मलेसियाको कोलाम्पुर शहर रहेको छ। पाचौँमा बंगलादेशको राजधानी ढाका रहेको छ।

काठमाडौंमा प्रदूषणका बढ्न थालेसँगै  सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन्। मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबार वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ।

आइक्यु एअरका अनुसार काठमाडौंको वायुमण्डलमा सोमबार एअर क्वालिटी इन्डेक्स एक्युआई) दुई सय ७२ भन्दा माथि पुगेको छ।

वन तथा वातावरण मन्त्रालयको वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार यतिखेर काठमाडौंको भैँसेपार्टी क्षेत्रमा अत्यधिक प्रदूषण रहेको देखिएको छ।

हाल यस क्षेत्रको एक्यूआई अहिले २७१ रहेको छ। रत्नपार्कको १७२, शंखपार्कको १६८,भक्तपुरको १०८ खुमलटारको १४५ रहेको छ।

वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्। वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञहरुले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation