कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

संसदको गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशनलगायतमा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठकमा कांग्रेसले निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

समिति गठन नभए बैठक चल्ने नदिने चेतावनी कांग्रेस नेताहरूले दिएका छन् । कांग्रेसले दिएको अल्टिमेटम सकिएपछि संसद अवरोधको चेतावनी दिएको हो । दलको बैठकमा यसबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation