


–फाइल तस्बिर
२८ चैत, प्युठान
प्यूठान नगरपालिका -७ गाँजुरीस्थित शहिद पार्क अगाडि तीन वटा मोटरसाईकल एक आपसमा ठोकिदा ४ जना घाइते भएका छन् ।
गौमुखी – १ का वडा अध्यक्ष ६० वर्षीय जंग बहादुर पुनसहित ४ जना घाईते भएका हुन् ।
दुर्घटनामा प्यूठान नगरपालिका -७ पुन्यखोला बस्ने २१ वर्षीय बब्लु नेपाली, प्यूठान – ३ साढेखोला बस्ने २५ वर्षीय आकास के.एम. र साढेखोलाका २८ वर्षीय ऋषि धामी रहेका छन् ।
घाईते मध्ये बब्लुको अबस्था गंभीर रहेको प्युठान प्रहरीले जानाएको छ।