
२९ चैत, डोल्पा
डोल्पामा च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालकहरु घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।
च्याउ टिप्न गएका १२, १३ र १० वर्षका बालकहरु घाइते भएका हुन्।
गम्भीर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल दुनै ल्याइएकोमा उपचार सम्भव नभएको भन्दै हेलिकप्टरबाट नेपालगञ्ज ल्याउने तयारी भइरहेको जनाइएको छ। तर, मौसम खराबीका कारण हेलीकप्टर आउन नसकेको प्रजिअ दाहालले बताए।