आजको मौसम: यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। मधेश प्रदेशको तराई भूभागका केही स्थानमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation