मूर्ति चोर्ने तीनजना महिला पक्राउ

प्रहरीले दाङको तुलसीपुर-१९ छिल्लिीकोटमा रहेको कालिका-मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन्।

माताको वेशमा गएर मूर्ति चोरी गर्ने  तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो ।

तीनै जनाले आफूहरूलाई माता भन्दै भगवानले घण्टी माग गरेकाले मन्दिरबाट मूर्ति र घण्टी उठाएको बताएका छन्। उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation