टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१६ बैशाख, पाल्पा 

पाल्पामा  टिपरले ठक्कर दिँदा मोटरसाइकल यात्रुको मृत्यु भएको छ।

रैनादेवी छहरा गाउँपालिका ६ जुठापौवाका ४३ वर्षीय जगलाल बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

बुटवलबाट कचल खानीतर्फ जाँदै गरेको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु१७प १५२४ नम्बरको मोटरसाइकललाई तिनाउ गाउँपालिका-२ छिसखोलास्थित भित्री कच्ची सडकखण्डमा शनिबार साँझ ६ बजेतिर ठक्कर दिएको हो।

गम्भीर घाइते उनको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बेलुकी ८ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए। ​टिपर चालकलाई  नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation