प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई उत्तरदायी बनाउँछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुसूचित हुन पाउने नागरिकको संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताएका छन्। प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई उत्तरदायी बनाउन मद्दत पुग्ने उनले बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४ को शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्। ‘स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो’, उनको सन्देशमा मनिएको छ।

राष्ट्रपति पौडेलले बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले समाचारमाथि नागरिकको सहज पहुँच स्थापित हुने बताउँदै उहाँले यस प्रकारको पत्रकारिताले सञ्चार माध्यमबाट सबै वर्ग समुदायको आवाज मुखरित हुने तर्क गरेका छन्।

उनले नेपाली सञ्चार जगत् संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन्। प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation