काँग्रेस नेता प्रकाशमान सिहद्वारा प्रधानमन्त्रीसँग नैतिकता नभएको टिप्पणी

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिहले प्रधानमन्त्रीसँग नैतिकता नभएको टिप्पणी गरेका छन् ।

राजधानीमा एक कार्यक्रममा बोल्दै संविधानसभा हुँदै नएको काम गरेपछि कुन नैतिकताका आधारमा त्यहि संसदमा मुख देखाउने भने सवाल उठेको बताएका हुन् ।

जसले अभिभावकत्व दिनुपर्ने हो उही प्रेसिडेन्ट नै रबर स्टाम बनेपछि मुलुकुमा राजनीतिक समस्या बढेको बताउदै नेता सिंहले जिम्मेवारीमा रहेकाहरु गैर जिम्मेवार बन्दा कस्तो अवस्था आउदो रहेछ भन्ने अहिले देखिएको बताए । 

उनले संविधान सभाको दुई दुई पटक सभा अध्यक्षता गरेका संविधान लेखनमा महत्त्वपूर्ण भूमिका खेलेकाको बोलाई र गराईले पनि नेताहरुको गैरजिम्मेवारी पन प्रष्ट भएको बताए ।

अहिले परिस्थिति आउनुमा जनता पनि उतिकै जिम्मेवार रहेको भन्दै ठुला कुरा गरेका भरमा  मत दिएर पठाएकाले गलत  ब्यक्तिको हातमा शासन सत्ता पुगेको उनो जिकिर थियो ।

मत दिने बेलामा जसले तडक भडक गर्छ जालझेल गर्छ अपारदर्शी  कमाएको कमाई खर्च गर्छ तिनीहरुलाई दिएका कारण राजनीतिमा ब्रिकृति भित्रिएको नेता सिंहको टिप्पणी छ ।

राजनीति सेवा भावले गरिनु पर्नेमा कमाउ पेसा बन्नु दुखद कुरा भएको भन्दै सिंहले केही दल र नेता का कारण सिङ्गो राजनीति प्रणालीमाथि प्रस्न चिन्ह खडा भएको बताए ।

चारै तिर सेटिङका हल्ला चल्दा पनि आफुलाई न्यायलयले सहि निर्णयमा दिन्छ भन्ने लागेको थियो भन्दै उनले सर्वोच्चले सहि निर्णय दिएर संबिधानको रक्षा गरेको बताए । उनले न्यालयको सहि निर्णयले मनपरीतन्त्र रोकेको बताए ।

अब सबै मिलेर काम गर्नु पर्ने बेला आएको भन्दै उनले कांग्रेस बाहेक अरु दलले मात्र पाएको जिम्मेवारी पूरा गर्न सक्दैन्न रहेछ भन्ने फेरि यक पटक प्रमाणित भएको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation