सञ्चारमन्त्री शर्माको सम्पत्ति विवरण : कीर्तिपुरमा घर, ६५ लाख ऋण

८ जेठ, काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

सम्पत्ति विवरणमा कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुइ तले घर रहेको उल्लेख छ । उक्त घर उनको श्रीमान् कृष्णध्वज खड्काको नाममा रहेको छ ।

यस्तै शर्मासँग ६ तोला सुन र दुई तोला चाँदी रहेका सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।

सञ्चारमन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाखको मौज्दात छ ।

त्यस्तै मन्त्री शर्माले राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ३६ लाख बराबरको हुण्डाइ कार रहेको छ ।

उनले सम्पतिको श्रोत आफ्नो तबल तथा अन्य आय श्रोत र र श्रीमान्‌को पैतृक सम्पत्ति भनेर खुलाएकी छ्न् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation