खेलकुद पूर्वाधारका लागि १ अर्ब ३० करोड

१५ जेठ, काठमाडौं

सरकारले घोषणा गरेको २०८१/८२ को बजेटमा युाव तथा खेलकुद मन्त्रालय मातहतमा रहेका खेलकुद पूर्वाधार निमार्णलाई सरकारले १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकासमा विशेषतः क्रिकेट रंगशाला निमार्णलाई प्राथमिकतामा राखिएको छ । जसमा काठमाडौंमा रहेको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाबाबु क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरिने बजेटमा प्रस्तुत गरिएको छ ।

भरतपुरमा निमार्णधिन अवस्थामा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको अधिनमा निमार्ण गरिने बजेट अर्थमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

त्यस्तै, किर्तिपुर क्रिकेट रंगशालाको स्तर उन्नति र फाप्ला क्रिकेट मैदान निमार्णलाई पूर्णता दिइने बजेट घोषणामा बताइएको छ ।

यो वर्ष पूर्वाधारमा पनि बजेट बढेर आएको छ ।  चालु आर्थिक वर्ष ०८०/८१ को बजेटमा भने  ७२ करोड ८० लाख विनियोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation