राष्ट्रिय ललितकला प्रदर्शनी शुरु, ४८२ कलाकारका ५२२ कलाकृति राखिने

‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ सारभावमा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ को संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उदघाटन गरे।

प्रदर्शनीमा कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेश प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका, ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८ र सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ गरी ४८२ कलाकारको ५२२ कलाकृति प्रदर्शनीमा राखिएका छन्।

अप्रतियोगी अन्तर्गत ७६ कलाकृति समावेश छन्। विधागत रुपमा समसामयिक चित्रकला १९१, परम्परागत चित्रकला ८९, आधुनिक मूर्तिकला ४१, परम्परागत मूर्तिकला २३, लोककला ५१, हस्तकला ६८, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकला ३३, प्रतिस्थापन कला ७, कार्टुन १२, क्यारिकेचर ३, डिजिटल १, भिडियो १ र भावभङ्गी २ कलाकृति प्रदर्शनीमा राखिएका छन्।

कार्यक्रममा कलाकार पुरस्कृत समेत भएका छन्। राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डंगोल, पराम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ बिनोदकुमार बज्राचार्यले पुरस्कार पाए।

यस्तै लोककलातर्फ विजयकुमार दत्त, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सालका सेर्पा र फोटोग्राफीतर्फ रामगोपाल वद्यैलाई पुरस्कार प्रदान गरिएको छ। पुरस्कार राशि जनही ६० हजार रुपैयाँ रहेको छ। ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरिएको छ। लेखन पुरस्कारको राशि ६० हजार  र पत्रकारिता पुरस्कार ३० हजार रुपैयाँको छ।

प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार कोशीबाटसामना राई (भावभङ्गीमा कला), मधेशबाट विगुल ढकाल (समसामयिक चित्रकला), बागमतीबाट अनमोल रत्न तुलाधर (परम्परागत चित्रकला), गण्डकीबाट भीमबहादुर राना मगर (समसामयिक मूर्तिकला), लुम्बिनीबाट आकाश बुढामगर (समसामयिक चित्रकला), कर्णालीबाट टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला) सुदूरपश्चिमबाट महेन्द्र पुन (समसामयिक मूर्तिकला) लाई प्रदान गरिएको छ। यी पुरस्कारहरुको राशि ५० हजार रुपैयाँ छ।

त्यसैगरी, प्रादशिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोशीबाट सानी राई, मधेशबाट स्मिता श्रीवास्तव, बागमतीबाट सुदीप कुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाष कुमार शाक्य, सुदूरपश्चिमबाट यसोदाकुमारी सिंह पुरस्कृत भएका छन्। समसामयिक मूर्तिकलातर्फ कोशीबाट टीकाराम पौडेल, बागमतीबाट जुनु खनाल शर्मा, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट हरिबहादुर थापा वयम्बु, कर्णालीबाट कौसिबहादुर बुढा, परम्परागत चित्रकला विधातर्फ कोशीबाट गणेश लामा र मधेशबाट सोनामसिं ब्लोन तामाङ पुरस्कृत भएका छन्।

यस्तै बागमतीबाट शंखनारायण श्रेष्ठ, गण्डकीबाट विचार सिं तामाङ, कर्णालीबाट लारप रोकाया, परम्परागत मूर्तिकला विधातर्फ कोशीबाट कम्लेश लिम्बु, बागमतीबाट कृष्णगोपाल गारु हस्तकलातर्फ कोशीबाट शिव छाङ्छा राई, मधेशबाट रुना झा, बागमतीबाट राजिव महर्जन, लुम्बिनीबाट शुभेच्छा चौधरी, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट सीता राना, लोककलातर्फ कोशीबाट विष्णुप्रसाद चौधरी पुरस्कृत भएका छन्। मधेशबाट विनाकुमारी कर्ण, बागमतीबाट अमन कटुवाल, लुम्बिनीबाट सिकेन्दर चौधरी, वास्तु तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत कार्टुनमा गण्डकीबाट महेश बस्ताकोटीले पुरस्कार हात पारे।

प्रतिस्थापन कलामा बागमतीबाट रविन्द्र कुमार श्रेष्ठ, फोटोग्राफीमा कोशीबाट सनम तामाङ, बागमतीबाट प्रेम थापा, लुम्बिनीबाट नारायण वि.क., सुदूरपश्चिमबाट माधव ओझा र क्यारिकेचरमा गण्डकीबाट अनिशा भण्डारी पुरस्कृत भएका छन्। यी सम्पूर्ण पुरस्कारको राशि ३०/३० हजार रुपैयाँ छ।

विद्यार्थी ललितकला प्रादेशिक पुरस्कारतर्फ कोशीबाट अभिषा घिमिरे, मधेश प्रदेशबाट आरतीकुमारी साह, बागमतीबाट रमिता तामाङ, गण्डकी प्रदेशबाट सपना नेपाली, लुम्बिनीबाट सोनु हरिजन र सुदूरपश्चिमबाट रोशन भण्डारीले प्राप्त गरेका छन्। यो पुरस्कारको राशि ३० हजार रुपैयाँ छ। प्रतिष्ठानका उत्कृष्ट कर्मचारीको सम्मान कमलमणि काफ्ले र मिना कुचिकारले प्राप्त गरेका छन्।

यसै वर्ष शुरु गरिएको ‘शहीद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘शहीद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरिएको छ। यी पुरस्कारको राशि ५०-५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान किरण मानन्धर र श्यामवदन श्रेष्ठले प्राप्त गरे। यो पुरस्कारको राशि १ लाख ५० हजार छ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरेको छ। यो पुरस्कारको राशि १ लाख छ। कला प्रवर्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार संघलार्ई प्रदान गरेको छ। राष्ट्रिय ललितकला प्रदर्शनी यहि जेठ ३० गतेसम्म हुने प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation