जिप दुर्घटनामा परी एकको मृत्यु, आठजना घाइते

बैतडीमा जीप दुर्घटना भएको छ। सदरमुकाम गोठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ज १५०० नम्बरको जिप दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगोडेनोला दुर्घटनामा परेको बैतडीका  प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

दुर्घटनामा परेर एकजनाको मृत्यु भएको र आठजना घाइते भएका छन्। मृत्यु हुनेमा महिला रहेकी र ती महिलाको परिचय भने खुलेको छैन् ।

दुर्घटनास्थलमा जिपको मुनि च्यापिएकी अवस्थामा प्रहरीले  उद्धार गरी  जिल्ला अस्पताल ल्याउँदा ती महिलाको मृत्यु भएको हो।

जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशील विकले एक महिलाको मृत्यु भएको पुष्टि गरे। डाक्टर विकले भने, ‘उपचारका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ, ती महिला पारि (भारत) की हुन् भन्ने आको छ।’ यस्तै, अस्पतालमा अन्य आठजना घाइतेको पनि उपचार भइरहेको प्रमुख विकले बताए।

दुर्घटनाग्रस्त जिप  सडकबाट ३० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन।  जिपमा कतिजना सवार रहेको  र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation