गाेदावरीकाे टाेलटाेलमा अभिभावक जागरण कार्यक्रम

२० जेठ, दाङ

घोराही उपमहानगरपालिका वडा नं १३ बडहरामा अवस्थित गोदावरी स्कुलले आहार-विहार र आचार-विचार शुद्धीकरणको लागि टोलटोलमा गोदावरी नामक गाउँ घर ब्युझाउने कार्यक्रमको दोस्रो संस्करण सञ्चालनमा ल्याएकाे छ । शनिबार घोराही १० अर्घुमा साे कार्यक्रम सम्पन्न भएको हाे ।

 

 

विद्यार्थीको समग्र विकासको लागि विद्यालय परिवार, आमाबाबु र समाज पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई महत्त्व दिंदै उक्त जागरण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु हमालले जनाएका छन् ।

हमालका अनुसार विद्यालयले यस वर्षदेखि कम्तिमा एक एहिनामा एउटा टोल विशेष कार्यक्रम गर्ने उद्देश्यले गत बैसाख २२ गते घोराही १३ मङ्लेरीबाट सुरु गरेको कार्यक्रम गरिएको थियाे ।

कार्यक्रम घोराही १२ का वडा सदस्य बुद्धिराम शर्माको प्रमुख आतिथ्यतामा भएको थियाे भने योग प्रशिक्षक रविन्द्र बस्नेतले उपस्थिति अभिभावकहरुलाई प्रशिक्षित गरेका थिए । त्यस्तै विद्यालयका प्रबन्ध निर्देशक विष्णु प्रसाद दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे ।

 

विद्यालयका सेयर सदस्य बुद्धि प्रकाश आचार्यको स्वागत मन्तब्य तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष शेषमणि शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी लोक बहादुर थापा, गगोलपुर टोलबिकास समितिका अध्यक्ष पृथ्वी खड्का तथा बसन्तपुुर टोल विकास समितिका सदस्य गोवर्धन योगीले मन्तव्य राखेका थिए भने सहजीकरण प्रधानाध्यापक विष्णु हमालले गरेका हुन् ।

 

उक्त कार्यक्रममा शिक्षकहरुद्वारा विद्यार्थीहरुको किताब कापीहरुको अवलोकन गरि आवश्यक सल्लाह सुझावहरु पनि प्रदान गरिएको थियोे । कार्यक्रममा करिब ५० जना अभिभावककाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation