भेरी नदिमा डुब्दा दुई जनाकाे मृत्यु

भेरी नदिमा सल्यानका दुइ व्यक्ति डुबेका छन् । फरकफरक समयमा डुबेका दुइ व्यक्ति मध्ये एकजनाकाे शव फेला परेकाे छ भने एकजना बेपत्ता रहेका छन् ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखरा स्थित अन्दाजी १२ वर्षीया गिता विक पाैडी खेल्ने क्रममा भेरीमा बेपत्ता भएकी हुन् । स्थानीय कारागाउको जिउलामा धान कुटन मिलमा गएको बेला मंगलबार दिउँसाे ४ बजेको समयमा उनि पाैडी खेल्दा भेरी नदिमा बेपत्ता भएकी हुन् ।

उनकाे खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । गीताकाे खाेजी कार्य गर्ने क्रममा भेरी नदिमै अर्की एक महिलाकाे शव फेला परेकाे छ ।

साेहि गाउँकै अन्दाजी ४० वर्षको पार्वती कामीकाे भेरीमा शव भेटिएकाे हाे । उनी पुर्व वडा सदस्य समेत हुन् । श्रीमान विरबल कामिको ३ वर्ष पहिला मृगौला क्यान्सर बाट मृत्यु भएपछि उनको मानसिक सन्तुलन गुमेको स्थानीयहरु बताउँछन् ।

उनि घरबाट कहिले हराएकी हुन् भन्नेबारे एकीन छैन्। उनकाे शव सुर्खेत सिम्ता गाउपालिका ६ राकमको भेरी नदिमा फेला परेको हाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation