रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षता एवं जिल्ला समन्वय समितिका अध्यक्ष सिता अचार्यको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।
रोलपाको रुन्टीगढी गाउँपालिकामा पालिकास्तरीय खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला निकाय, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी, महिला स्वंसेविका,आमा समूह सुरक्षाकमर्मी, पत्रकार लगायतको सहभागितामा रहेको थियोे ।
रुन्टीगढी गाउँपालिकाको सम्पूर्ण वडाहरुमा पुर्ण खोप सम्पन्न भएपछि पालिकामा पूर्ण खोप पालिका घोषणा गरिएको हो ।
रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकुत रेमन्त बहादुर डाँगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा संयोजक बुद्धिजिवी सेजवालले गर्नुभएको हो ।