जसपा नेपालको महाधिवेशन आजदेखि सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सोमबार जनकपुरधाममा शुरु हुँदैछ।

जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहनेछ।

जेठ ३० गतेसम्म चल्ने महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जसपा नेपालले जानएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने निश्चित छ।

अध्यक्षबाहेक  एक​ सहअध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव, तीन​ उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन्। यस्तै २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation