

२९ जेठ, काठमाडौँ
गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् ।
गायिका पौडेलले फेसबुकको स्टारीमार्फत नयाँ फोटो सेयर गरेकी हुन्। उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् ।
यो शल्यक्रियापछि मेनुकाको दृष्टि फिर्ता नआएपनि चस्मा लगाएर हिँड्न नपर्ने भएको छ।