एभिन्युज टिभीकाे गैरकानुनी हर्कत विरुद्ध श्रमजीवी पत्रकारकाे आपत्ति

१० असार, काठमाडौं

एभिन्युज टेलिभिजनको व्यवस्थापकले ७७ वटा जिल्ला संवाददाता र व्युरो प्रमुखलाई गैरकानुनी रुपमा निष्काशन गरेको कदम विरुद्ध श्रमजीवी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले आज एक विज्ञप्ति जारी गर्दै साे गैरकानुनी हर्कत सच्याउन चेतावनी दिएकाे छ । यदि समयसिमामै साे कदम नसच्चिए संघर्षमा जान बाध्य हुने अध्यक्ष जैसीले जनाएका छन्

यसाे त तथाकथित ठुला मिडियाकाे थिचोमिचोमा विगत लामाे समयदेखि श्रमजीवीहरु परिरहेका छन् । समयमै तलब, भत्ता नदिने, गैरकानुनी निस्कासन गर्ने, लगायतका समस्याले गर्दा इमानदार पत्रकारहरु पाखा लाग्ने गरेका कैयौं दृष्टान्तहरु छन् । श्रमजीवी पत्रकारहरुका यावत समस्याकाे समाधानका लागि लामाे समयदेखि संघर्ष गर्दै आएका जन्मदेव जैसीले एभिन्युज टिभि प्रशासनले साे कदम नसच्याएकाे खण्डमा व्यवस्थापक र संचालनकहरुकाे घर समेत घेराउ गरिने विज्ञप्ति चेतावनी दिएका छन् ।
यस्ताे छ विज्ञप्तिकाे पूर्ण पाठ:

आम सञ्चार क्षेत्रमा श्रमजीवीहरुले भोग्नुपरेका समस्या, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा लगायत समग्र सञ्चार क्षेत्रका समस्या निराकरण बारे पैरवी गर्दै आएको हाम्रो संगठनको एभिन्युज टेलिभिजनको व्यवस्थापन पक्षले एक्कासी देशभरका एभिन्युज पत्रकारहरुलाई बिना जानकारी, बिना कारण निष्काशन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । ७७ जिल्लाका पत्रकार र व्यूरो प्रमुखहरुलाई अनाहकमै निष्काशन गर्ने व्यवस्थापन पक्षको गैरकानुनी कदमको संगठन घोर भत्र्सना गर्दछ ।
ऐनले तोके बमोजिम एभिन्युजमा कार्यरत जिल्लाका पत्रकारहरुको वषौंदेखिको सेवासुविधा नदिएको, यसअघि
अवकाश लिनेहरुलाई ऐनअनुरुप तोकेको सेवा सुविधा भुक्तानी नगरेको, कोभिडको बेला जवर्जस्त निष्काशन गरेका साथीहरुलाई लामो समयसम्मको बा“की बक्यौता भुक्तानी नदिएको,सम्मानित श्रम अदालतको फैसला कार्यान्वयन नगरेको, ६ महिना काम गरिसकेकालाई स्थायी नगरेको, २० वर्ष काम गरिसकेका श्रमजीवीलाई एकमुष्ट उपदान नदिएको, उपचार खर्च, संचित विदाको हिसाव नगरेको विषयलाई लिएर एभिन्युज टेलिभिजनमा कार्यरत श्रमजीवी–पत्रकारहरुले यस संस्थामा गुनासो गर्नुुभएको छ । त्यस टेलिभिजनले आफ्नो काम इमान्दारितापूर्वक गरिरहनुभएका श्रमजीवीहरुलाई पारिश्रमिक रोकेर राख्ने, श्रमजीवी पत्रकारसम्बन्धी ऐनमा उल्लेखित सेवा सुविधा नदिने र ऐन विपरितका कदम हामीलाई स्वीकार्य छैन । श्रमजीवी पत्रकार ऐन र त्यस ऐन अन्तर्गत बनेको नियमावलीमा कुनै पनि शर्तमा पारिश्रमिक रोक्न नहुने, उक्त ऐनको रितविपरित कुनै पनि श्रमजीवी पत्रकारको सेवाको अन्त्य गर्न नसकिने, विदा, काज या निलम्बनमा रहँदासमेत पूर्ण पारिश्रमिक दिनुपर्ने जस्ता व्यवस्थाहरू उल्लेखित छन ।
तसर्थ उक्त ऐनमा भएका प्रावधान निशर्त कार्यान्वयन गर्दै सबै श्रमजीवीहरुको बा“की रहेको पारिश्रमिक अबिलम्ब दिन र ऐन विपरित चालिने कदमहरु तत्काल रोक्न एवं श्रमजीवीहरुले उठाएका मुद्धाहरु तत्काल हल गर्न हाम्रो संगठन जोडदार माग गर्दछौं । साथै श्रमजीवीहरुले उठाएका मागहरु पुरा गरेको यहा“ले हाम्रो संस्थालाई पत्रमार्फत जानकारी गराउन पनि अनुरोध गर्न चाहन्छौं । श्रमजीवी पत्रकारका माग अविलम्ब सम्बोधन नगरेमा हाम्रो संगठनले त्यस सञ्चार संस्थामा दबाबमूलक आन्दोलन र व्यवस्थापकका निवास घेराउ, भण्डाफोरलगायतका कार्यक्रम घोषणा गर्ने जानकारी गराउँदछौं । त्यसबाट सिर्जित परिस्थितिको जिम्मेवार तपाई स्वयं र एभिन्युज टेलिभिजन व्यवस्थापन पक्ष एवं सरोकारवाला निकाय हुने पनि यसै पत्रमार्फत स्पष्ट गर्दछौं ।

बोधार्थ ः
१. प्रेस रजिष्ट्रारको कार्यालय,२. न्युनतम पारिश्रमिक निर्धारण समिति ।
३. प्रेस काउन्सिल, नेपाल, ४. श्रम तथा रोजगार कार्यालय टेकु
५. महानगरीय प्रहरी बृत्त टेकु ।

१० असार २०८१

…………………..
जन्मदेव जैसी
अध्यक्ष

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation