Pranmancha

Advertisment

SKIP THIS

ऐरावतीको वार्षिक बजेट ५३ करोड

प्युठानको ऐरावती ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ८१/८२ का लागि गजेट सार्बजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पुजिगत तर्फ १५ करोड ८० लाख ५० हजार र चालु तर्फ ३७ करोड २४ लाख ६८ हजार रहेको छ ।

उत्कृष्ट कृषक, कर्मचारी, शिक्षाक, विद्यार्थीलाई सम्मान

गाउँसभामा कृषिमा उत्कृष्ट कार्य गरेवापत वडा नम्बर १ का कृषक छव बहादुर गुरुङ्गलाई सम्मान गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुबाट उत्कृष्ट कर्मचारीहरु छनोट गरी सम्मान गरिएको छ ।

सिनियर अ.हे.व दिपक के.सी, नर्सिङ्ग कर्मचारी उषा आर.सी,
महिला स्वास्थ्य स्वयंसेविका सुष्मा के.सी., असिस्टेन्ट सव इन्जिनियर उमाराम आचार्य, वडा सचिब कृष्ण जि.सी., कार्यालय सहयोगी राजु खड्का, शिक्षा शाखामा कार्यरत कुल बहादुर थापालाई सम्मान गरिएको छ ।

साथै मोती मा.वि. बरौँलाका उत्कृष्ट शिक्षक हरेन्द्र शाह, उत्कृष्ट विद्यालय जनता मा.वि बिजुलीलाई सम्मान गरिएको छ । गत बर्षको बार्षिक परिक्षामा कक्षा ५, ८, १० र १२ कक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने बिभिन्न विद्यालयका बिद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation