


दाङ । तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ ।
उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आज आर्थिक बर्ष २०८१÷०८२का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट सार्वजनिक गरिन् । उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशु तर्फ विनियोजन गरेको छ । कुल बजेटको ३०.५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ ।
पशु तर्फ कुल बजेटको १.०२ प्रतिशत अथार्त दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैँया विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य तर्फ नौ करोड ५९ लाख ४० हजार,कृषि तर्फ पाँच करोड ४८ लाख चौध हजार र अन्य शिर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैँया बजेट विनियोजन गरेको छ ।