Pranmancha

Advertisment

SKIP THIS

त्रिवि उपकुलपतिलाई भेट्न ‘क्यूआर कोड’

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिनु पर्ने भएको छ ।

त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ ।

त्रिविले निकालेको सूचनामा भनिएको छ, ‘विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा.डा केशरजंग बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय यवस्थापनका लागि तल उल्लेखित क्यूआर प्रयोग गरी अग्रिम समय (टाइम बुक) लिनुहुन सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सबैमा अनुरोध छ ।’

यता, प्रत्यक्ष उपकुलपति बरालसँग अथवा उनका स्वकीय सचिव सरोज जी तन्डुकारमार्फत समय लिन सकिने त्रिविका सूचना अधिकारी भिमबहादुर श्रेष्ठले बताए ।

उनले भने, ‘सबैको सहजताको लागि र समय व्यवस्थापनको लागि क्यूआरको कोडको प्रयोग गरेका हौं।समय नलिई जरुरी काम लिएर उहाँलाई भेट्न आउँदा पनि कहिले भेट्नै नपाउने कहिले विषयवस्तु अनुसारको समय नमिल्ने जस्ता गुनासो हुँदैन अब ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation