Pranmancha

Advertisment

SKIP THIS

खोलाले बगाउँदा एक जनाको मृत्यु

३ साउन, रुकुम पश्चिम

रुकुम पश्चिमको आठविसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ ।

जिल्लाको आठविसकोट नगरपालिका १२ निवासी ५५ वर्षिय चन्द्रे पुनलाई आज बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको हो ।

आठविसकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष खुम्मे कुसारीका अनुसार स्थानीय काफलचौर खोला तर्ने क्रममा पुनलाई खोलाले बगाएको थियो ।

खोलाले बगाएर मृत्यु भएको सूचना पश्चात इलाका प्रहरी कार्यालय आठविसकोटबाट प्रहरी निरीक्षक नविन मरासिनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

सोहि वडाको झिन्चौरमा गत मंगलबार बिहान आएको बाढीले तीन जना बालिकाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका छन् । उक्त घटनामा परेर नौ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation