Pranmancha

Advertisment

SKIP THIS

बसमाथि ढल्याे बिजुलीकाे पाेल !

३ साउन, दाङ

घाेराही उपमहानगरपालिका १६ बाहुनडाँडामा काठमाडौं जाँदै गरेकाे रात्री बसमा बिजुलीको पाेल खसेकाे छ ।

बिहीबार साँझ ७ बजेतिर काठमाडौं जाँदै गरेको ना. ७ ख. ८३१७ नम्बरको गाडिमा विजुलको पोल ढल्दा ठूलो दुर्घटना हुनबाट जाेगिएकाे गाडी चालकले बताएका छन् ।

सडकमा हाइटेन्सनकाे लाइनसहित पाेल ढलेपछि करिब १ घण्टा सडक अबरुद्ध भएको छ । स्थानीयका अनुसार पोलको बनावट निकै कमजोर भएकोले एक्कासि पाेल ढलेकाे हाे ।
पानी नपरेकाे सुख्खा माैसम भएकोले ठुलाे अप्रिय क्षति हुनबाट जाेगिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक सुनिल थापाका अनुसार नेपाल प्रहरी, बिद्युत प्राधिकरणका कर्मचारी र गाडी धनिबिचकाे समझदारीमा अहिले गाडीलाई सुरक्षित स्थानमा राखेर सडक सुचारु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation