Pranmancha

Advertisment

SKIP THIS

हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन्।

कम्युनिष्ट नेता स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार र अनियमितताका कुनै दाग नलागी सरकारबाट बाहिरिएको प्रतिक्रिया दिए।

‘हामी सरकारबाट बेदाग निस्किएका छौँ। न ओम्नी, न त गिरिबन्धु’, उनले भने, ‘कतैबाट पनि दाग लागेको छैन।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने भन्दै सचेत रहनुपर्ने बताए। ‘उपलब्धि उल्ट्याउने तयारी यो गठबन्धनले गरेको छ’, उनले भने, ‘अमूर्तरुपले त्यही भनेको पनि छ । विगतको घटनाक्रम पनि संविधान मिच्ने र परिवर्तन उल्ट्याउने नै छ। त्यसैले हामी सचेत रहनैपर्छ ।’

उनले अब जनतामा जाने भन्दै कांग्रेस-एमालेले प्रतिगामी कदम चाले सडक र संसदबाट प्रतिकार गर्ने बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation