Pranmancha

Advertisment

SKIP THIS

पहिराेमा पुरिएर पाँच जना बेपत्ता !

१३ साउन, गोरखा

धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् । एक पहिरोले कृषि फर्म र एक घर पनि बगाएको छ । कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएको छिमेकीले बताएका छन् ।

पहिरोमा परेका दुई जनाको भने उद्धार भएको स्थानीय तुल गुरुङलले जानकारी दिए । नान्सेन सामुदायीक वनबाट झरेको लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरेको उनले बताए ।

एक कृषि फर्म र घर पहिरोले बगाएको सूचना आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी चौकी बारपाक र माछाखोलाबाट घटनास्थलतर्फ प्रहरी टोली पठाइएको उनले बताए । घटनाको विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation