श्रीलंकाले पहिलो विकेट ७ रनमै गुमाएको थियो । भिस्मी गुणरत्ने १ रनमै रनआउट भइन् । तर, कप्तान चामरी अथापट्थु र हर्षिता समराविक्रमाले ८७ रनको साझेदारी गर्दै श्रीलंकालाई जितको बाटोमा डोहोर्याएका थिए । चामरीले ४३ बलमा ६१ रन र हर्षिताले ५१ बलमा ६९ रनको योगदान दिए ।
चौथो नम्बरमा आएकी कभिसा दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन । श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य हासिल गरेको थियो ।
श्रीलंकाले महिला एसिया कपको उपाधि पहिलोपटक जितेको हो । भारत आठौंपटक विजेता बन्न वञ्चित भएको छ ।