Pranmancha

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

दाङको लमहीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान पुर्वपश्चिम राजमार्ग अन्तरगत तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर जाँदै गरेको रा ३ प ७११४ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ८ असानीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट मोटरसाइकल चालक बाँकेको कोहलपुर वडा नम्बर १० का अन्दाजी ४०/४२ वर्षका पुस्कर बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिए ।

गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । उनी घोराहीमा बसेर ब्यबसाय गर्दै आईरहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation