लेनिन शतवार्षिकी समिति दाङले वृहत विचार गोष्ठी गर्ने

२६ साउन, दाङ

लेनिन स्मृति शतवार्षिकी दाङको प्रथम बैठक सम्पन्न भएको छ । शतवार्षिकी समितका संयोजक प्रमोद धितालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्तिक ३ गते घोराहीमा ‘लेनिन र आजको समय’ विषयक वृहत विचार गोष्ठी गर्ने निर्णय गरेको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ‘’एतिहासिक सन्दर्भमा लेनिनको भूमिका र आजको समय’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नका लागि प्रमोद धिताललाई जिम्मेवारी दिएको छ । कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलनमा लेनिन र लेनिनवादको योगदान, सोभियत संघको विघटनका कारणहरु, आजको संकटग्रस्त समाजवादी आन्दोलन र लेनिनवादका शिक्षाहरु, कम्युनिष्टहरुका चुनौति आगामी कार्यभारहरु लगायतका विषयमा गंभीर बहस हुने आयोजक संस्थाका समितिले जनाएको छ ।

बैठकमा अग्रज वामपंथी बुद्धिजीवी शशिधर भण्डारी र लेखराज रेग्मीले महत्वपूर्ण सुझावहरु राख्नुभएको थियो । बैठकले समितको रिक्त सदस्य पदमा पदम पोख्रेललाई थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation