Pranmancha

Advertisment

SKIP THIS

ट्रककाे ठक्करबाट मोटरसाइकलयात्रीको मृत्यु

६ भदाै, इनरुवा

सुनसरीको सदरमुकाम इनरुवा-४ बसचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ।

बुधबार साँझ दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बरको ट्रकले मेहता सवार को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। घटनास्थलमै मृत्यु भएको हो।

नोबेल अस्पतालमा उपचार गरी घर फर्कँदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रेकले ठक्कर दिएको थियो।

मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ। ठक्कर दिने सवारीका चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation