क्याम्पसमा विष्फोटक पदार्थ फ्याँक्ने २ जना पक्राउ

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुवैलाई भागिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले रमाइलोका लागि त्यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation